1
point
लौकाको बतिला

General    Nepal,Nepal

मेरोबारिमा भएको लौकाको झाल्मा फलेका बतिला सानैमा कुहुन्छन। लौकाको झाल हर्लाक्क बधेको छ। पात चिल्ला काला छन। समस्या के होला समाधान पाउ न?


Posted by: Balaram kafle (4 points) Balaram kafle
Posted: June 28, 2022




Answers

1
point
याे साल मेराे लाैकाकाे बिरुवा पनि सप्रेन वतिला लागेकाे पनि ठूलो नहुदै कुहुन्छ के गर्ने ।सुझाव पाउन सकिन्छ कि ?


Posted by: Yan Bahadur Thapa (4 points) Yan Bahadur Thapa
Posted: June 29, 2022




0
points
नमस्कार नुरु येप प्रयोग गर्नु भएकामा यहाँलाई धन्नेवाद। लौकाको बतिला विशेष गरि मुख्य दुई कारणले कुहिने गर्छ। १) परागसेचनको कमी २) फल कुहाउने झिगाको प्रकोप। वयस्क पोथी झिगाले फुल लाग्ने तथा बतिलो लाग्ने बेलामै फल भित्र अण्डा पारिदिन्छ र फलको वृद्धि संगै अण्डा पनि हुर्किदै जान्छ र औंशामा परिवर्तन हुन्छन्। औंशाले भित्र बसेर खाने हुँदा बिस्तारै फल कुहिँदै जान्छ र परिपक्क हुन नपाउँदै फल झर्ने गर्दछ। यसको व्यवस्थापनको लागि बजारमा उपलब्ध विभिन्न पासोको प्रयोग गर्न सकिन्छ, जस्तै मोहनी पासोको प्रयोग साथै कुहिएका फलहरुलाई टिपी गडिदिने गर्नु पर्दछ। झिंगाको लार्भा अवस्था फल भित्र बसी खाने हुँदा रासायनिक विषादी त्यति प्रभावकारी हुँदैन। परागसेचन बढाउनका लागि मौरीको घारलाई बाली लगाएको वरीपरी राख्न सकिन्छ।


Posted by: Shilpa Devkota (1 point) Shilpa Devkota
Posted: July 6, 2022




You need to log in if you'd like to add an answer or comment.
Heart Heart icon